काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ ।
आइतबार काठमाडौंमा बसेको सांसदहरूको बैठकले राउतलाई सर्बसम्मत दलको नेतामा चयन गरेको हो ।
दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार १० बजे फेरि बैठक बोलाइएको छ ।
राउत सप्तरी क्षेत्र नं २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै विजयी हुनुभएको थियो ।