३ मंसिर २०८१, सोमबार 1731917380
Banner

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिनुभएकाे छ । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे हाे । 

प्रतिनिधिसभामा २७५ सदस्य रहनुभएकाे छ।  उहाँहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिनुभएकाे छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गाेपनीयताकाे शपथ गराउनुभएकाे थियाे । 

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराउनुभएकाे थियाे ।