६ आश्विन २०८३, मंगलबार 1790122011
Banner

राजनीतिमा पनि फउल खेल्यो भने रेडकार्ड पाउँछ : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताउनु भएको छ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा अध्यक्ष ओलीले फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने बताउनुभयो ।

दैनिक जीवनमा व्यवहारिक जीवनमा, लेनदेन कारोबारमा केहीमा पनि फउल खेल्न हुँदैन, राजनीतिमा पनि फल खेल्नु हुँदैन’ उहाँले भन्नुभयो, ‘फउल खेल्यो भने एल्लो कार्ड, कहिले कहिले त रेड कार्ड नै पाउँछ ।’

अध्यक्ष ओलीले राम्रो खेलाडीले कहिल्यै फउल नखेल्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राम्रो खेलाडीले गोल गर्छ, पोस्टमा हान्छ नराम्रो खेलाडीले अरुको खुट्टामा हान्छ । खुट्टामा हान्ने सफल हुँदैन, पोस्टमा हन्ने सफल हुन्छ ।’

अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०–१५ दिन लाग्न सक्ने पनि बताउनुभयो ।