१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 10:38 pm
प्रदेश

एमाले लुम्बिनी दलको नेतामा लिला गिरि

सूचना प्रेस २०७९ पुस १७ आइतबार ००:००, १७:५१ बजे १ मिनेट पढाइ

बुटवल – नेकपा एमाले लुम्बिनीको दलको नेतामा लिला गिरि चयन हुनुभएको छ।

आज बसेको संसदीय दलको बैठकले पोलिटब्यूरो सदस्य लिला गिरिलाई दलको नेता चयन गरेको हो।

उहाँ रूपन्देही २ (क) का सांसद हुन्। गिरि शंकर पोखरल नेतृत्वको सरकारमा साढे ३ वर्ष मन्त्री हुनुभएको थियो। दलको उपनेतामा चेत नारायण आचार्य चयन हुनुभएको छ । उहाँ अर्घाखाँची (ख) का सांसद हुन्।

महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्माको उपस्थितिमा बैठक बसेको थियो।