२७ जेष्ठ २०८३, बुधबार 1781121084
Banner

आठ दलीय गठबन्धनसँग जेलमा रहेका रेशम चौधरीको माग, श्रीमतीलाई उपप्रधानमन्त्री र टीकापुरलाई छुट्टै जिल्ला घोषणा

काठमाडौं । आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री माग गरेको छ। राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेको छ। त्यस्तै संघमा एक राज्यमन्त्रीसमेत माग गरेको नागरिक उन्मुक्तिका पार्टीका एक नेताले बताए।

त्यस्तै संरक्षक चौधरीले प्रदेशहरूसमेत पावर सेयरिङ गर्नुपर्ने शर्त राखेका छन्। उनले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राखेका छन्। वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ। त्यस्तै लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री दाबी गरेका छन्।

चौधरीले टीकापुरलाई छुट्टै जिल्ला बनाउनेपर्ने मागसमेत गरेको छ। उनले सुदूरपश्चिम प्रदेशलाई खप्तडथरुहट प्रदेश बनाउनुपर्ने र राजधानी धनगढी बनाउनुपर्ने माग गरेको छ। सुदूरपश्चिम प्रदेशमा आठ दलको दुई तिहाइ बहुमत रहेको भन्दै नाम परिवर्तन गर्न माग गरेको ती नेताको भनाइ छ।