२१ बैशाख २०८३, सोमबार 1777893626
Banner

अपाङ्गता र ज्येष्ठ नागरिकले ए डिभिजन लिगका खेल निःशुल्क हेर्न पाउने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका सबै खेलहरूमा अपाङ्गता भएका र जेष्ठ नागरिकहरुका लागि निशुल्क गरिएको छ।

खेलहरू सञ्चालन भइरहेका तीनवटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको आयोजकको भनाइ छ।

फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगका खेलहरू दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन्।

अन्य दर्शकहरूका हकमा भने टिकटको व्यवस्था गरिएको छ। सामान्य प्याराफिटतर्फको टिकट मूल्य १०० र भीआईपी प्याराफिटतर्फको ३०० तोकिएको छ।