१६ जेष्ठ २०८३, शनिबार 1780186997
Uncategorized

खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका पर्यटकको शव उद्धारमा कठिनाइ

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक विदेशी पर्यटकको शव उद्धारमा कठिनाइ भएको छ।

बाक्लो हिमपात तथा प्रतिकुल मौसमका कारण सोमबार लेक लागेर मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्को शव उद्धारमा कठिनाइ भएको हो।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेप क्षेत्रमा रहेको हिमालयन होटेलमा सुतेकै अवस्थामा अक्सिजन अभावका कारण उनको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दीपक श्रेष्ठका अनुसार खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले शव उद्धारमा समस्या भइरहेको छ। उनका अनुसार हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको छ। जसका कारण शव उद्धारमा समस्या भएको हो।

खुम्बु क्षेत्रमा हिमपात भइरहेको र मौसम सहज हुने बित्तिकै हेलिकोप्टर पठाएर उद्धार गरिने डीएसपी श्रेष्ठले बताए।