१२ श्रावण २०८३, मंगलबार 1785239806
Banner

एमालेको केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।

तीन दिनसम्म चल्ने बैठकबाट विभिन्न १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तयारी एमलेले गरेको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायत कार्यसूची छन्।

एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन्।

यसअघि एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भनिएको थियो।