काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललेले भारतको भ्रमण गरेको करिब एक हप्ता पुग्नै लागेको छ ।
भ्रमणका क्रममा भारतका उच्च पदाधिकारीदेखि धार्मिक यात्रा तय गरेका प्रधानमन्त्री विवाद र चर्चाको शिखरमै रहे । त्यसमध्ये एक हो मुर्रा ।
भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । साथै ती मुर्रा नेपाल कहिले आइपुग्छन् भन्ने आमचासो पनि छ । भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले सूचना प्रेसलाई जानकारी दिए ।
नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गई अध्ययन गरी ल्याइने्छ । नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय ९पोखरा, नेपालगञ्ज र लहान०मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ ।
सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन् ।
ढकालले भने, ‘स्थानीयस्तरबाट आएको जानकारीअनुसार मुर्रा भैँसीको मूल्य २० देखि २२ लाखसम्म पर्छ । स्थानीय भैँसीले एक बेतमा एक हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा तीन गुणाले बढाउन सकिन्छ ।’
उन्नत नश्लका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी देशभरिका किसानका गोठमा पु¥याइ भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गरिनेछ । भैँसीपालन पेसाबाट किसानपछि हट्दै गएको अवस्थामा आउने दिनमा भैँसीको नश्ल सुधारको कारण किसानलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।