१२ कार्तिक २०८१, सोमबार 1730153775
राजनीति

बजेट गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भयो : विष्ट


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । यस्तै, सत्तारुढ दलका शीर्ष नेताको पहुँचमा हुने गरी बजेट आएको उनको भनाइ छ ।

सचिव विष्टले भने, “डडेलधुरा र गोर्खामा बजेट बढ्यो रे । नुवाकोटमा बजेट बढ्यो रे । क्रमागत आयोजनाहरू काटिन्छन् । तर आज केही पहुँचका आधारमा योजनाहरू, बजेट केन्द्रित भएको छ,” उनले भने, “आज विधि र न्याय स्थापित भएन ।”

सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताए ।