९ मंसिर २०८१, आइतबार 1732427467
कला/साहित्य

हिन्दी फिल्म आदिपुरुष : ‘जानकी भारतकी छोरी’ संवादप्रति बोर्डको आपत्ति

काठमाडौं । चलचित्र विकास बोर्डले ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति आपत्ति जनाएको छ ।

शुक्रबार बोर्डले एक विज्ञप्ति जारी गर्दै बोर्डले चलचित्रले नेपालकी ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको संवादप्रति कडा आपत्ति जनाएको हो ।

भारतीय चलचित्र आदिपुरुषमा माता जानकीलाई भारतकी छोरी भनि इतिहासलाई बांगो बनाई तथ्यगत त्रुटिसहित नेपालबाहेकका मुलुकमा रिलिज भएको सन्दर्भमा यस चलचित्र विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस बिषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको स्टेटमेन्ट र चलचित्र जाँचपास समितिद्वारा मौन गराइएको संवादका विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारका आधारमा सो चलचित्रले नेपालकी ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि जानकी भारतकी छोरी हुन् भन्ने संवादप्रति कडा आपत्ति जनाउँदछौँ’, विज्ञप्तिमा जनाइएको छ ।

बोर्डको विज्ञप्तिमा यस प्रकारका विवादहरुले दुई देशबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धमा खलल पुग्ने हुँदा यथासक्य संवाद हटाउन पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत माग गरिएको छ ।

Tags :