१० कार्तिक २०८१, शनिबार 1729966454
राजनीति

सरकार जति लामो समय चल्छ देश त्यति अधोगतितर्फ : विष्ट (एमाले)

काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रचण्ड नेतृत्वको सरकार लामो समय चल्नु देशका लागि राम्रो नभएको बताएका छन् ।

शनिबार प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिद्वारा शनिबार पोखरामा आयो जित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विष्टले यस्तो बताएका हुन् ।

यो सरकार आफ्नै खुट्टामा नउभिएकाले लामो समय चल्नु देशका लागि राम्रो नहुने सचिव विष्टले बताए ।

उनले भने, ‘यो सरकार आफ्नै खुट्टामा उभिएको छैन। यो सरकारको नीति, कार्यक्रम, बजेट, कार्यशैली र यसले जनतालाई दिइरहेको सेवालाई हेर्ने हो भने यो सरकार लामो समय चल्नै हुँदैन। यो सरकार जति लामो समय चल्छ। त्यतिनै देशको अधोगति हुन्छ, त्यति नै देशको प्रगति रोकिन्छ। त्यसकारण यो सरकार लामो समय चल्नै हुँदैन ।’

Tags :