८ मंसिर २०८१, शनिबार 1732347204
अर्थ

हेटौँडा उपमहानगरको आव २०८०/०८१ को बजेट सार्वजनिक

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले आगामी आव २०८०/०८१ का लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैँयाको बजेट विनियोजन गरेको छ ।

शनिबार नगर उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

उपमहानगरले संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ,आन्तरिक श्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रुपैयाँ, राजश्व बाँडफाँडबाट ५९ करोड १४ लाख १० हजार ७ सय ३० रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र व्यहोरिने गरि बजेट प्रस्तुत गरेका हुन् ।

बजेटले पूर्वाधार विकासतर्फ सबै भन्दा धेरै रकम १ अर्ब रुपैयाँ ओगटेको छ । आर्थिक विकासतर्फ ११ करोड ७६ लाख, सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७ करोड १५ लाख रुपैयाँ, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Tags :