१० कार्तिक २०८१, शनिबार 1729973343
Banner

न्यायपरिषद्को बैठक स्थगित

काठमाडौं । न्यायपरिषद्को बैठक स्थगित भएको छ । कानुनमन्त्री अनुपस्थित भएपछि न्यायपरिषदको बैठक स्थगित भएको हो ।

बजेट पारित गर्न पार्टीले ह्वीप जारी गरेपछि कानुनमन्त्री धनराज गुरुङ बैठकमा अनुपस्थित थिए ।

उच्च अदालतका न्यायाधीशको नियुक्तिका सम्बन्धमा छलफल गर्ने एजेण्डासहित बैठक डाकिएको थियो । गत सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सोही बैठकको निरन्तरतास्वरुप बुधबारका लागि बैठक डाकिएको थियो ।

वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि बैठकमा उपस्थित भएनन् । न्यायपरिषद्का दुईजना सदस्यहरु मात्रै परिषद्को सचिवालयमा उपस्थित भएका थिए । उच्च अदालतमा हाल ४७ न्यायाधीशको पद रिक्त छ ।

Tags :