१० कार्तिक २०८१, शनिबार 1729973595
राजनीति

झुटो विवरणका आधारमा नागरिकता बनाउन खोजेको आरोपमा पक्राउ

काठमाडौं । झुटो विवरण पेश गरेर नागरिकता दिलाउने प्रयासको आरोपमा दुई जना पक्राउ परेका छन् ।

इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीका अनुसार बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीता सो प्रकरणमा पक्राउ परेका हुन् ।

नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा आइतबार पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

Tags :