१० कार्तिक २०८१, शनिबार 1729995737
Banner

प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार हुनैपर्ने आयोगको निर्णय

काठमाडौं । दलहरुले निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फ कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार आवश्यक पर्ने कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा सो कुरा उल्लेख गरेको हो ।
यस्तै, स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कुनै एउटा मात्र पदमा उम्मेदवारी दिँदा महिला उम्मेदवार हुनुपर्ने समेत आयोगको निर्णय छ ।

वडाअध्यक्ष पदमा उम्मेदवारी दिँदा सम्बन्धित स्थानीय तहमा मनोनयन गर्ने सम्पूर्ण वडाध्यक्षमध्ये कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने समेत प्रस्ताव छ ।

Tags :