२१ आश्विन २०८१, सोमबार 1728332512
कला/साहित्य

एलिजा गौतमले भनिन, अब म सक्रिय राजनीतिमा छैन

काठमाडौं । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि सक्रिय राजनीतिमा थिईन। ६ महिना अघि उनि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी थिईन । सो दलले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको बताउने गौतमले आज सक्रिय राजनीति छोडेको घोषणा गरेकी हुन । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै नायिका गौतमले आफू सक्रिय राजनीतिबाट विदा लिएको बताएकी छन् ।

उनको स्टाटस यस्तो छ,

समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट विदा

धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।

दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।