११ कार्तिक २०८१, आइतबार 1730009613
Banner

संसद् अवरुद्ध हटाउन आज पनि तीन नेताबीच छलफल हुँदै

काठमाडौं । संसद् अवरोध हटाउने विषयमा प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री आज पनि छलफलमा बस्ने भएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले केही दिनयता संसद अवरुद्ध गर्दै आएको छ ।

सो अवरोध हटाउन आइतबार पनि तीन शीर्ष नेता छलफल गरी सकारात्मक निष्कर्ष निकाले पनि अपेक्षाकृत हुन सकेन । जसका कारण ३ बजेका लागि भनी सारिएको प्रतिनिधिसभा बैठक बस्न सकेन ।

आज केहीबेरमा सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुने तयारी छ । एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।

Tags :