१० कार्तिक २०८१, शनिबार 1729987679
समाचार

सुनचाँदी मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ४० रुपैयाँ बढेर १ हजार ४४० रुपैयाँमा कारोबार भएको हो ।