१० कार्तिक २०८१, शनिबार 1729980720
समाचार

दशरथचन्द राजमार्ग अवरुद्ध

काठमाडौं । वर्षाका कारण पहिरो खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।

गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्णरुपमा बन्द भएका छन् ।

पहिरो पन्छाउनका लागि डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।