१० कार्तिक २०८१, शनिबार 1729987666
Banner

गाँजामाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन

काठमाडौं । नेपालमा गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै अमेरिकी दूतावसाअघि प्रदर्शन भएको छ ।

अमेरिकासँग पाँच दशकअघि नेपालले हस्ताक्षर गरेको सन्धि निष्प्रभावी र प्रत्युपादक भएको भन्दै अभियन्ताले शनिबार महाराजगञ्जस्थित अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

सुरुवाती समयमा नियमन गर्नका लागि ल्याइएको यो कानुनपछि प्रतिबन्धतिरउन्मुख भएको भन्दै त्यसलाई तत्काल हटाउन अभियन्ताहरुले माग गरेका छन् ।

यो प्रतिबन्धात्मक प्रावधानले कुनै सकरात्मक प्रभाव जमाउन नसकेको गाँजा माथिको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै आएका अभियन्ताहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल जस्ता राष्ट्रले यसको फाइदा उठाउन सक्ने भएपनि सो प्रावधानका कारण त्यसो हुन नसकेको उनीहरूको दाबी छ ।

Tags :