२९ असार २०८३, सोमबार 1783927585
Banner

नेपालबाट पशुआहार (घाँस) चीन निर्यात सुरु

काठमाडौं । नेपालबाट पशुआहार चीन निर्यात भएको छ।

भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहारसम्ब्न्धी घासा शनिबार पहिलो पटक चीनतर्फ निर्यात भएको हो । भरतपुरमा उद्योग रहेको छ।

सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो। कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइनेछ।

एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना छ।

सो सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन। पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो।
सो कार्यक्रमको उद्घाटन गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।

पशुआहारलाई रोला बनाएर पठाइएको छ। एउटा रोलामा चार सय ६० किलो पशुआहार हुन्छ। उनका अनुसार दैनिक ८० देखि एक सय रोला पशुआहार उत्पादन गर्न सकिन्छ। हाल तयार गरिएको पशुआहार चितवनका विभिन्न ठाउँबाट सङ्कलन गरिएको हो।

Tags :