१० कार्तिक २०८१, शनिबार 1729987582
पालिका

कुश्मामा जीप दुर्घटना : एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ मा शनिबार राति भएको जीप दुर्घटनामा परी एक बालिकाको मृत्युका साथै ११ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत अनुसार सदरमुकाम कुश्माबाट दुर्लङ जाँदै गरेको ग. १ ज ५२२९ नंको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा मृत्यु भएको छ।
उनको टाउको र आँखामा गम्भीर चोट लागेको थियो ।

सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन् ।

जिप सडकबाट करिब ३०–३५ मिटर तल खसेको थियो । तर, चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।

Tags :