७ भदौ २०८३, आइतबार 1787496397
Banner

प्रतिनिधिसभामा मिटरब्याजसम्बन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौं । प्रतिनिधिसभाले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको छ ।

प्रतिनिधिसभाको बैठकअघि नै संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यस्था परामर्श समतिकिो बैठकले सो कार्यसूची तय गरेको हो ।

कार्यसूची अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको दफावार छलफलका लागि सदनमा प्रस्तुत गर्नेछन् ।

दफावार छलफलपछि विधेयकमाथि परेका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कानुनमन्त्री गुरुङले ५ असारमा राष्ट्रिय सभामा यो दर्ता गरेका थिए ।

Tags :