८ असार २०८३, सोमबार 1782133056
Banner

वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा प्रदर्शन

काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमाअध्यागमन विभागअगाडि प्रदर्शन भएको छ । आइतबार श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा विभागअघि प्रदर्शन भएको हो ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि विनाकारण कामदारहरु फर्काइएको उनीहरुको भनाइ छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार अध्यागमन विभागले कामदार विदेश जनबाट रोकेका कारण विरोध गर्नुपरेको बताए ।

अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने उनले बताए ।

Tags :