७ मंसिर २०८१, शुक्रबार 1732331473
Banner

विमानस्थल सुन प्रकरण : भन्सार अधिकृत र नायब सुब्बा निलम्बित

काठमाडौँ-करिब सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा  निलम्बनमा परेका छन् ।

भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । यस्तै  निलम्बित नायब सुब्बाको भने नाम खुलेको छैन । उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।

हिजो साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको करिब सय किलो सुन विभागको टोलीले बरामद गरेको हो । भन्सार विभागले जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी गरेको बताइएको छ । 

भन्सार विभागका अनुसार सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिइएको छ ।