११ भदौ २०८३, बिहिबार 1787823785
समाचार

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ। संघीय संसदको संसदीय सुनुवाइ समितिले बिहीबार उजुरी आह्वान गरेको हो।

समितिले सूचना जारी गर्दै सिफारिस भएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा आधार र सबुदसहित उजुरी दिन आह्वान गरेको हो।

उजुरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी दिइसक्नु पर्ने छ। उजुरी दिने व्यक्तिले नाम, थर, वतर र सम्पर्कनम्बर उल्लेख गर्नुपर्नेछ। तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने समितिले जनाएको छ।

केही दिनअघि मात्रै सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, यूएईका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर वलीलाई सिफारिस गरेको थियो।