७ जेष्ठ २०८३, बिहिबार 1779373004
समाचार

२४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर सरुवा (नामावलीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।

यो सरुवासँगै निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री अमनलाल मोदीको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव वेदराज फुयाँललाई नगराइन नगरपालिका धनुषाको प्रमुख प्रशासकीय अधिकृत बनाएर सरुवा गरिएको छ ।

धनुषाकै विदेह नगरपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयका काजीबहादुर विष्टलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ ।