१० कार्तिक २०८१, शनिबार 1729980716
Banner

गौर हत्या संघर्ष कार्यक्रम स्थगित, पाँचबुँदे सहमति

काठमडौं । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । सरकार र संघर्षसमितिबचि पाँचबुँदे सहमति भएपछि कार्यक्रम स्थगित भएको हो ।

मंगलबार गृह मन्त्रालयमा भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तभ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको छ ।

२८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो । संघर्ष समितिले १३ साउनदेखि धर्ना दिनुका साथै प्रदर्शन गर्दै आएको थियो ।

Tags :