११ कार्तिक २०८१, आइतबार 1730017078
Banner

मधेश प्रदेशबाट घोषणा भएको मोर्चाको रणनीतिक महत्व छ: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरगञ्जमा मोर्चा घोषणा रणनीतिक महत्व भएको बताएका छन् ।

शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘विशिष्ठ भूमिका र रणनीतिक महत्व भएकाले मधेशबाट घोषणा कार्यक्रम सुरू भएको छ । वीरगञ्जको छुट्टै भूमिका र रणनैतिक अर्थ छ ।

यहाँको सन्देश सातै प्रदेशमा प्रभावित हुन्छ । यसले काठमाडौँलाई पनि राम्रो सन्देश दिन्छ । समाजवादी मोर्चाले आफ्नो कार्यक्रम मधेशबाट गर्यौं’, प्रचण्डले भने, ‘नेपालको आर्थिक र औद्योगिक द्ववार रूपमा परिचित वीरगञ्जलाई नै रोज्नुकोे विशिष्ट अर्थ छ । यसका केही व्यवहारिक पाटो पनि हेर्यौं । जसपाका अध्यक्ष उपेन्द्र यादवको केही कार्यक्रमलाई तालमेल गर्न पनि मधेशबाट मोर्चा घोषणा अभियान सुरू गर्यौं ।’

Tags :