२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:39 pm
समाचार

एमाले संसदीय समितिको सभापतिका उम्मेदवारको टुंगो लगायो

सूचना प्रेस २०८० भदौ १० आइतबार ००:००, १२:२६ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ ।

एमालेले तीन वटा समितिको सभापति पाउने दलहरूबीचको सहमतिपछि एमालेले उम्मेदवारको टुंगो लगाएको हो ।

एमालेले सार्वजनिक लेखा समितिको सभापतिको उम्मेदवार ऋषिकेश पोखरेल, महिला तथा सामाजिक मामिला समितिको सभापतिको उम्मेदवार किरणकुमार साह, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) को सभापतिका लागि विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।