काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ ।
संसदीय समितिको नेतृत्वका लागि आज हुने मनोनयनको लागि कांग्रेसले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।
कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी कांग्रेस नेतृ आरजु राणालाई कृषि समितिमा सभापतिको उम्मेदवार बनाउने भएको छ । त्यसैगरी संसदीय समितिमा जीवन परियारलाई उम्मेदवार बनाएको छ । अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था समितिमा रामहरि खतिवडालाई उम्मेदवार बनाएको छ ।