११ कार्तिक २०८१, आइतबार 1730074483
Banner

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

काठमाडौं । खोलाले बगाउँदा रूकुम पश्चिममा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ।

चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार उनीहरूलाई स्थानीय नाउलाखोलाले बगाएको हो। मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

बाढी आएको बेला खोला तर्ने क्रममा दुई भाइबहिनी बगेका हुन्। उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए। मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए।