२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:06 pm
Banner

भ्रमण सफल बनाउन सबै राजनीतिक दल सहमत : प्रचण्ड

सूचना प्रेस २०८० भदौ २४ आइतबार ००:००, १२:०५ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठकमा उठेका एजेन्डालाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न अमेरिका र चीन भ्रमणअघि बोलाइएको बैठकपछि उनले यस्तो बताएका हुन् ।

उनले भ्रमणका क्रममा सबै राजनीतिक दल सहमत हुने गरी आफूले काम गर्ने बताए ।

प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘बैठकमा आएको सल्लाह र सुझावलाई सरकारले महत्त्वपूर्ण रूपमा लिएको छु । आसन्न भ्रमणलाई सफल बनाउनेबारे सबै राजनीतिक तह तप्कामा सहमत भएको सन्देश सबैमा दिन चाहन्छु ।’

बैठकमा पूर्व प्रधानमन्त्रीहरुसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी थिए ।

यस्तै, बैठकमा रास्वपाको तर्फबाट लिखित रूपमा ७ वटा लिखित सुझाव दिएको उपसभापति डिपी अर्यालले बताए ।

उनले भने, ‘नक्साको विषयमा पनि हामीले चासोका साथ जानकारी गराएका छौँ। जनताले थाहा पाउने गरी आफ्नो देशको धारणा राख्न भनेका छौँ। नाका खुलाउनेबारे पनि ध्यानाकर्षण गराएका छौँ ।’

Tags :