२६ बैशाख २०८३, शनिबार 1778390785
Banner

चीनसँग भएका सम्झौता कार्यान्वयन गर्न एमालेको प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं । नेकपा एमालेले चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ ।

चीन भ्रमणअघि सुझाव संकलनका लागि आयोजित छलफलका क्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिन सुझाव दिएका हुन् ।

नेपालले चीनसँगको सम्बन्ध कम प्राथमिकतामा राखेको हो कि भन्ने भ्रम चीनलाई रहेको बताउँदै प्रधानमन्त्रीको भ्रमणले त्यो तोड्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन र अमेरिकाको भ्रमणमा जाँदैछन् ।

Tags :