२७ भदौ २०८३, शनिबार 1789244415
Banner

एन्फा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

सोमबार एन्फा अध्यक्ष र महासचिवविरुद्ध एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित सोमबार अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

एन्फा प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै एन्फा विशेष साधारण सभा बैठक अनलाइनमार्फत बस्ने कार्यक्रम रहेकोमा सदस्य संस्थाहरुले विशेष सल्लाह सुझाव बमोजिम एन्फा अध्यक्षबाट उक्त साधारण सभा स्थगित भएको जानकारी गराएका छन् ।

तर बहुमत सदस्यले भने अविश्वासको प्रस्ताव दर्ता गरेपछि अध्यक्ष स्वतस् निलम्बन हुने र अब वरिष्ठ उपाध्यक्षले विशेष साधारण सभा बोलाउनुपर्ने व्यवस्था छ ।

Tags :