काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन् । सोमबार ओखलढुंगाको रामपुरमा शहीद गुरु लुईँटेलको शालिक अनावरणका क्रममा उनले यस्तो बताएका हुन् ।
सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको बताए ।
‘अनि अहिलेको यो सरकार बसिरहनु हुन्छ, तपाईँहरू भन्नुस् त रु यस्तो सरकार राख्न हुन्छ रु तपाई हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो’, ओलीले भने ‘यति नालायक सरकार । जनता हेर्दैन, सुनतिर हेर्छ यो सरकार ।’
यस्तै, उनले क्वीन्टलका क्वीन्टल सुन ओसार्दा पनि कांग्रेस अर्कोतिर मुन्टो बटारेर बसिरहेको बताए ।
अध्यक्ष ओलीले सोही भूमिमा मारिएका तत्कालीन नेपाली कांग्रेसको सशस्त्र क्रान्तिका योद्धाहरुको समेत स्मरण गर्दै कांग्रेस अहिले विचरा भएको बताए ।
ओलीले भने, ‘यो भूमिमा लिला,ठगी,गोकर्ण,खगेन्द्र र क्याप्टेन यज्ञवहादुर थापाहरुले रगत बगाए कांग्रेसको झण्डा बोकेर । तर पटकपटक सरकारमा गएर पनि उनीहरुलाई कांग्र्रेसले सहिदको दर्जा दिएन । म २०७२ मा प्रधानमन्त्री भएपछि मन्त्रिपरिषदबाट निर्णय गराएर सहिदको रुपमा सम्मान दिएँ । क्याप्टेन यज्ञवहादुर थापालाई मसँगै जेलमा बसेका बेला गोलघरबाट निकालेर २०३५ माघ २६ घते गोली हानेर मारिएको थियो । तर कांग्रेसले ती सहिदलाई सम्झिदैन,अहिले त विचरा शेरवहादुर देउवा प्रचण्डको कार्यकर्ता भएर पछिपछि हिँडिरहेका छन् । सरकारले क्वीन्टलका क्वीन्टल सुन दैनिक निकाल्छ,कांग्रेसलाई देख्नुभयो भनेर सोध्यो भने अहाँ भनेर मुन्टो बटार्छ । विचरा यस्तो निरीह छ कांग्रेस ।’