काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधाम जाने भएका छन् । राष्ट्रपतिको स्वागतका लागि आ–आफ्नो विद्यालयबाट कम्तीमा ५० जना विद्यार्थी लिएर आउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल एनप्याब्सनले आग्रह गरेका छन् । ‘विद्यार्थी भाइबहिनीलाई विद्यालय पोसाकमा देशको झण्डासहित सहभागी गराइदिनुहुन सादर अनुरोध छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
प्याब्सनका रवीन्द्रकुमार चौधरी र एनप्याब्सनका दीपककुमार ठाकुरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै स्वागतका लागि विद्यार्थी पठाउन आग्रह गरेका हुन् ।
राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमणका क्रममा जानकी मन्दिरमा विशेष पूजाअर्चना र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।