१० कार्तिक २०८१, शनिबार 1729951691
Banner

शिक्षकसँग वार्ता हुँदा राहत शिक्षकका नेता पनि हुनुहुन्थ्यो : सरकार

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासँघसँग वार्ता हुँदा राहत शिक्षकका नेता पनि रहेको बताएका छन् ।

विद्यालय व्यवस्थापन विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच वार्ता भएको थियो । सो वार्तापछि स्थायी शिक्षक घर फर्किएका छन् । तर, राहत शिक्षक आफुहरुका माग पूरा नभएको भन्दै आन्दोलनरत रहेका बेला कार्यबहाक प्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।

सरकार र आन्दोलनरत शिक्षक महासंघबीच दुई दिनअघि सहमति भएको थियो । उक्त सहमतिमा विरोध जनाउँदै राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका छन् ।

महासंघको नेतृत्वमा भएको आन्दोलन सम्वद्ध शिक्षक संगठनका सबैप्रतिनिधि सहभागी भएर सहमति बनेको उपसभापति खड्काले दाबी गरे ।

राहत शिक्षकका अध्यक्षहरु पनि सरकारसँगको वार्तामा सहभागी भएको उल्लेख गर्दै खड्काले पार्टी केन्द्रीय समितिको बैठकमा भने, ‘तस्वीरमा पनि देखिन्छ र उप्रप्रधानमन्त्रीले मलाई त्यही अनुसारको व्रिफिङ पनि गर्नुभएको छ ।’

सहमतिमा शिक्षकका धेरै कुरा सम्बोधन गरिएको र थप विषय विधेयक संशोधन, नियमावली र कार्याविधि मार्फत सम्बोधन गरिने जानकारी गराए ।

सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकहरुले प्रदर्शनलाई जारी राखेका छन् । उनीहरले सोमबार सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।