१० कार्तिक २०८१, शनिबार 1729958973
Banner

अधिवेशन सुरु हुनुपूर्व एमाले विभिन्न स्थानबाट निकाल्यो र्याली (हेर्नूहोस् तस्वीरमा)

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन सुरु हुनुपूर्व विभिन्न स्थानबाट र्याली निकालेको निकालेको छ ।

केहीबेरमा उद्घाटन हुने अधिवेशनपूर्व नेकपा एमालेले काठमाडौँको अनामनगर, लैनचौर, भद्रकालीलगायत विभिन्न स्थानबाट र्‍याली निकालेको हो ।

अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा उद्घाटन हुने अधिवेशनले प्रदेशमा पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

त्यसका लागि झण्डै १२ सय प्रतिनिधि छनोट भैसकेका छन् ।