काठमाडौं । उत्तरपूर्वी भारतीय राज्य सिक्किममा आएको बाढीमा परी १०५ जना हराएका छन् ।
असोज १७ मा अचानक आएको बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा उल्लेखित मानिसहरु हराएका हुन् । बाढीमा परेर १४ जनाको मृत्यु पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ ।
यस्तै, बाइस हजारभन्दा धेरै मानिस प्रत्यक्ष प्रभावित भएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत् सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सबैखाले सहायता उपलब्ध गराउने बताएका छन् ।
राहत तथा उद्धार प्रयासलाई तीव्रता दिने विषयमा भारतका क्याबिनेट सेक्रेटरी राजीव गौबासहित विभिन्न निकायका प्रतिनिधिहरूसँग सिक्किमका चीफ सेक्रेटरी भीबी पाठकबीच भर्चुअल बैठक भएको छ।