१९ बैशाख २०८३, शनिबार 1777760331
Banner

अर्थतन्त्र बजारमा हल्ला गरेजस्तो छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल नभएको बताएका छन्।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । मन्त्री महतले निर्माण व्यवसायीहरुको बक्यौता रकम दसैंअघि भुक्तानी गर्ने दाबी गरे ।

‘निर्माण व्यवसायीको गत असारसम्मको रकम तिर्ने तयारी भएको छ,’ उनले भने, ‘बाहिर मिडियामा भनेजस्तो ठूलो रकम नभई अब ६र७ अर्व मात्रै बाकी छ।’

उनले सम्बन्धित मन्त्रालयलाई यर्थाथ विवरण पेश गर्न निर्देशन दिएको बताए ।

राष्ट्रबैकले जारी गरेको मौद्रिक नीतिले अर्थतन्त्र सहज बनाउन भूमिका खेल्ने अर्थमन्त्रीले दाबी गरे। उनले अनावश्यक क्षेत्रमा लगानी नगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन्।