९ कार्तिक २०८१, शुक्रबार 1729915872
Banner

इरानको जेलमा रहेकी महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । इरानी महिलाको पक्षमा निरन्तर आवाज उठाएकी मानवअधिकार अभियन्ता नर्गिस मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिइने भएको छ । द नर्वेजियन नोबेल कमिटीले शुक्रवार यस्तो निर्णय गरेको हो ।

इरानी नागरिक नर्गिसले त्यहाँका महिलामाथि भएको धार्मिक उत्पीडनका विरुद्ध आवाज उठाउनका साथै समग्र मानवअधिकार र स्वतन्त्रताको प्रवद्र्धनमा लागिपरेकी छिन् ।

५१ वर्षीया नर्गिस डिफेन्डर्स अफ ह्युमन राइट्स सेन्टरकी अध्यक्षसमेत हुन् ।

सन् २०२२ को डिसेम्बरमा सामाजिक नियम पालना नगरेको आरोपमा इरानको धार्मिक सत्ताले महसा अमिनीलाई हिरासतमा राखेको थियो । अमिनीको हिरासतमै मृत्यु भएको थियो । त्यसको विरोधको नेतृत्व पंक्तिमा नर्गिस पनि थिइन् । सो बेला नर्गिसले हिरासतमा राखिएका महिलाहरूको यौन र शारीरिक दुर्व्यवहारको विस्तृत विवरण सार्वजनिक गरेर सनसनी मच्चाइदिएकी थिइन् । मृत्युदण्डसविरुद्ध अभियान चलाएकी उनलाई इरानको सत्ताले १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटक दोषी ठह¥याइएकी उनलाई ३१ वर्ष जेल सजाय र १५४ पटक कोर्रा हान्ने आदेश भएको छ ।