९ कार्तिक २०८१, शुक्रबार 1729908627
Banner

उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्व सर्वसम्मत चयन गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।

उनले उपत्यका विशेष प्रदेश कमिटीको उद्घाटनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, ‘हाम्रा विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टिकाटिप्पणी गर्न पाएका छन् । उपत्यका विशेषले एकोहोरो खालको अर्को खालको टिकाटिप्पणी गर्ने मौका नदेओस् । अहिलेसम्म लडे भिडे भन्ने सन्देश गइरहेको छ । यस अधिवेशनले सर्वसहमति गरेर डेमोक्रेसी नै भएन भन्ने त्यो मौका पनि दिऔं ।’

अधिवेशनमा कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भनेर पार्टी नेतृत्वले दिएको निर्देशनलाई सञ्चारमाध्यम र विपक्षीले नसुनेको बताए ।

उनले भने, ‘यीनिहरूले स्वच्छ प्रतिस्पर्धा गर्नुस् भन्ने नसुनेर सहमति कायम गर्नुस् भनेको थियो मानेन् भन्ने मात्रै प्रचार गरे । कसैलाई न निर्देश गरिएको छ न आदेश गरिएको छ । म आग्रह गर्छु यसपटक नयाँ अभ्यास गर्नुस् । यहाँ जितेर पनि केके न ठूलो कुरा पाइने होइन । सबैले जित्ने होइन । हारेपछि मन दुख्छ । सहमति गर्‍यो भने कसैको मन पनि दुख्दैन । मन नदुखाइ अगाडि बढ्ने काम राम्रो हो । उठेपछि मन दुख्छ मैले साथीहरूलाई हेरेको छु ।’