१८ भदौ २०८३, बिहिबार 1788440945
कला/साहित्य

इन्गेजमेन्टका लागि टिकटकर आयुष र एलिजेलाई अध्यक्ष ओलीको बधाई

काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजे जमाली (एलिजे)बीच ‘इन्गेजमेन्ट’ को बधाई दिनुभएको छ।

टिकटक लाइभमा जोडिएर प्रेममा परेका आयुष र जमालीबीच गत शुक्रबार मात्रै दुबईमा इन्गेजमेन्ट भएको हो। 

यसरी मायालाई जात, धर्म, देशको सीमा पर्खालले पनि रोक्न नसक्ने उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले यसले मानवबीच एकता र समानताको सन्देश दिने धारणा व्यक्त गर्नुभएको छ।

अध्यक्ष ओली लेख्नहुन्छ, ‘ नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमाआफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट टिकाटालो गरे।  मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ। यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ ।’