९ कार्तिक २०८१, शुक्रबार 1729872587
Banner

प्राप्त उपलब्धि हल्लाउने प्रयास भइरहेको छ : रक्षामन्त्री

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको बताएका छन् ।

भक्तपुरमा आयोजितमंगलबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले सङ्घीय कानुन बनाउने कुरामा आफूहरू चुकेको स्वीकार गर्दै २०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान सङ्घीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसकेको बताए ।

उनले सबै राजनीतिक दलहरूको अगाडि अहिले संविधान कार्यान्वयनको चुनौती रहेको बताए ।