काठमाडौँ– संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।
सिंहदरबारमा बस्ने बैठकले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनबारे निर्णय गर्नेछ । समितिले सोमबार प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकेको थियो । गत मंसिर ५ गते बसेको न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो ।
समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ।