काठमाडौं । जिल्ला अदालतमा चलिरहेको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज बहस नसकिएपछि हेर्दाहेदैमा राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
गत आइतबारदेखि सुरु अन्तिम सुनुवाइमा आज पनि वादी पक्षका कानुन व्यवसायीहरूको बहस नसकिएपछि सुनुवाई हेर्दाहेदैमा राखिएको हो ।
पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलले बहस गरेका थिए ।