९ मंसिर २०८१, आइतबार 1732475716
Banner

बंगलादेशमा आज निर्वाचन हुँर्दै, विपक्षीद्धारा बहिस्कार

काठमाडौं । बंगलादेशमा आज निर्वाचन हुँर्दै छ । निर्वाचनमा २७ पार्टी र ४३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार ३०० संसदीय सिटका लागि प्रतिस्पर्धा गर्ने छन् ।

बंगलादेशको निर्वाचन आयोगका अनुसार करिब १० करोड मतदाता छन्, जसले ४२ हजार भन्दा बढी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् । प्रमुख विपक्षी पार्टी बीएनपीले भने चुनाव बहिस्कार गरेको छ । बीएनपीका प्रमुख पूर्वप्रधानमन्त्री खादिला जिया नरबन्दमा छिन् । निर्वाचनमा सहभागी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् ।

यसपटकको चुनावी परिणामबाट पनि वर्तमान प्रधानमन्त्री शेख हसिनाको जित हुने प्राय सुनिश्चित छ । उनको जितसँगै लगातार चौथो जित हासिल गरेर इतिहास रच्ने योजनामा प्रधानमन्त्री हसिना अघि बढेकी छन् ।