९ मंसिर २०८१, आइतबार 1732434029
Banner

नेपाल–भारतमैत्री बस सेवा सुरु

स्वर्गद्वारी (प्युठान) – प्युठानको प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म आजदेखि नेपाल नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा सेवाको उद्घाटन गर्नुभयो ।

Ko’7fg–gofFlbNnL a; ;]jf :ju{åf/L-Ko’7fg_,@# k’;M Ko’7fgsf] :ju{åf/L uf}d’vL oftfoft ;]jfn] ;~rfng u/]sf Ko’7fg–gofFlbNnL a; :yfgLo a;kfs{df . tl:a/ M zlzw/ e08f/L÷/f;;

त्यस अवसरमा मन्त्री थापाले यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । मन्त्री थापाले भन्नुभयो, “नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न बस सञ्चालक सचेत हुनुपर्छ । उहाँले आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दैनिक प्युठान–नयाँ दिल्ली बस सेवा सञ्चालन गरेको अध्यक्ष सुनील बस्नेतले जानकारी दिनुभयो । रासस